Below Menu
Below Menu

महालक्ष्मी लाईफकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न, प्रभुसँग एकीकरण असार भित्रै

महालक्ष्मी लाईफकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न, प्रभुसँग एकीकरण असार भित्रै

काठमाडौं : महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको महालक्ष्मीछ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए । सभाले अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेकाे छ ।

साधारण सभाले प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभ्ने / गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा/ गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे छ।

Advertisment

थप समाचार