Below Menu

आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री

'१३०० मध्ये ९० प्रतिशत गाडीको एलसी चैतमै खुलेको हो'

आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताए।

अहिले आयात भएका १ हजार ३०० गाडी मध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) चैतमै खुलेको उनले बताए। 'करको दर परिवर्तन गर्ने प्रस्ताव सम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन राति मात्र हुने र उक्त समयमा भन्सार बन्द हुने गरेको छ।' महतले भने, 'हरेक बर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ। तथ्यांकले नै यो पुष्टि गर्छ। राजस्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ।'

थप समाचार