Below Menu
Below Menu

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन, १८ कम्पनीको छानविन गरिने

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन,  १८ कम्पनीको छानविन गरिने

काठमाडौं : संघीय संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबारको बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईन्सेन्स प्रकृया अघि नबढाउन निर्देशन दिएको हो । 

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

यस्तै आगामी बैठकमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स वितरण सम्बन्धमा विस्तृत छलफल गर्ने पनि समितिले जनाएको छ ।

बोर्डले १८ वटा नयाँ कम्पनीलाई अनुमति प्रदान गरिसकेको छ।

Advertisment

थप समाचार