Below Menu
Below Menu

असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने

असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने

काठमाडौं : असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने पक्का भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । हाल क वर्गका बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । त्यस्तै मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् ।

निक्षेपको ब्याजदर स्थिर  रहे पनि कर्जाको ब्याजदर भने घट्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको हो ।  

पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका छन् । घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता बढेको छ । हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन्।

Advertisment

थप समाचार