कम पोलिसी सरेन्डर हुनेमा महालक्ष्मी र सन नेपाल
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् ।
यस अवधिमा बिमितले सबैभन्दा धेरै पोलिसी नेपाल लाइफ इन्स्योरेन्सका गरेका छन् । नेपाल लाइफको बैशाख महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ३१.०४ प्रतिशत अर्थात एक हजार ८२४ वटा बिमालेख वापत २२ करोड २ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।
नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थान धेरै बीमालेख सरेन्डर भएको छ । संस्थानको पनि ६ करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको एक हजार २७० वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको २१.६१ प्रतिशत हो ।
यस्तै, बीमितहरुले नेशनल लाइफको ५५७ वटा, आईएमई लाइफको ४२५ वटा, एलआईसी नेपालको ४१४ वटा, एशियन लाइफको ३९१ वटा, मेट लाइफको ३८४ वटा, गुराँस लाइफको १४४ वटा र प्राइम लाइफको १०२ वटा बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेन्डर संख्या १०० माथि नाघेका छैनन् ।
सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा महालक्ष्मी लाइफ र सन नेपाल लाइफ लाइफ इन्स्योरेन्स रहेका छन् । यस अवधिमा दुबै कम्पनीको १५/१५ वटा बीमालेख सरेन्डर भएका हुन् ।
रकमको आधारमा भने सन नेपाल लाइफको सबै भन्दा कम ११ लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै महालक्ष्मी लाइफको १९ लाख ४८ हजार रुपैयाँ बराबरको १५ वटा बिमालेख सरेन्डर भएको हो ।
Advertisment