Below Menu
Below Menu

दुई तिहाई सदस्यको जानकारी बिनै अर्थ समितिको ब्राेकर लाइसेन्स राेक्ने किर्ते निर्णय

दुई तिहाई सदस्यको जानकारी बिनै अर्थ समितिको ब्राेकर लाइसेन्स राेक्ने किर्ते निर्णय

काठमाडौं : संघीय संसद्को अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेकाे पाईएकाे छ ।

साेमबार बसेकाे अर्थ समितिकाे बैठककाे सुरुमै हाजिरी गराएर दुई तिहाईभन्दा बढी सांसदहरु हिडिँसकेपछि केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको स्राेत बताउँछ ।

`सामसामयिक विषयमा छलफल गर्ने भन्दै समितिको बैठक बोलाईएकाे थियाे । बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयाे । बैठक सुरु भएपछि हामीलाई हाजिर गराएर अध्ययनका लागि भन्दै एउटा पत्र बाँडियो तर त्यस विषयमा कुनै छलफल भएन´, समितिका एक सदस्यले भने । समितिका सभापति र केही सदस्यले जानकारी नदिई, छलफलनै नगरी ब्रोकर लाईसेन्स रोक्न भन्दै निर्देशन दिएकाे समेत ति सदस्यले बताए । सर्वोच्चको फैसला अनुरुप धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गरिसकेको अवस्थामा अर्थ समितिले सिमित स्वार्थी समुहको प्रलोभनमा परी तत्काललाई उक्त कामनै रोक्नु भनी निर्देशन दिनुले पुँजी बजारको विकासमा ठूलो धक्का लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

समितिका अघिकांश सांसदहरुले भने ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी भएको बताउँदै आएका छन् ।

Advertisment

थप समाचार