Below Menu
Below Menu

नेपालमा पहिलो पटक सेयर संख्या थप-घट वा आवेदन फिर्ता सुविधा

नेपालमा पहिलो पटक सेयर संख्या थप-घट वा आवेदन फिर्ता सुविधा

काठमाडौं : घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ। कम्पनीले असार २२ गते शुक्रबारदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो ।

यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको जनाएको छ । यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५ औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।

घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो । यद्यपी, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसले जनाएको छ ।

घोराही सिमेन्टको प्रिमियम मूल्यमा आईपीओमा भरेका लगानीकर्ताहरुले आफ्नो आवेदन फिर्ता लिन चाहेमा शुक्रबार र आइतबारभित्र बैंकमा पुगेर लिखित निवेदन दिनुपर्ने भएको छ । यस्तै यस अवधिमा यसअघि आवेदन दिएकाहरुले सेयर संख्या घटाउन, बढाउन वा फिर्ता लिएर आवेदन रद्द समेत गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयरमा बिक्री प्रबन्धकक रहेका हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार सूचना जारी गर्दै भनेको छ,—‘नेपाल धितोपत्र बोर्डको निर्देशानुसार सेयर खरिदका लागि आवेदन दिई सकेका आवेदकहरुले सो आवेदनमा सेयर संख्या थप–घट गर्न वा आवेदन फिर्ता लिन चाहेमा मिति २०८० असार २२ गते शुक्रबारदेखि २०८० असार २४ गते आइतबारभित्र बैंकिङ्ग समयसम्म आफ्नो सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था गई लिखित निवेदन दिनुहुन अनुरोध छ ।’

सूचना अनुसार लगानीकर्ताले अब शुक्रबार र आइतबार कार्यालय समयभित्र आफ्नो आवेदन रद्ध गर्न वा संसोधन गर्न सक्नेछन् । आवेदन रद्ध वा संसोधन गर्न चाहेमा त्यसका लागि आफ्नो बैंक खाता रहेको बैंकको शाखा पुगेर लिखित निवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार