Below Menu
Below Menu

उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल नियुक्त, डेढ दशकको अनुभव

उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल नियुक्त, डेढ दशकको अनुभव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई सभापति शैलेन्द्र गुरागाँईको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । ढकाल धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत हुन् ।

लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने उद्योग वाणिज्य महासंघले जनाएको छ।

ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुन् । नयाँ ब्रोकरले लाईसेन्स अनुमति पाउनुमा ढकालको ठूलो योगदान छ । संसदको अर्थ समितिले तत्काल ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समिति अन्तरगतका हरेक संसदलाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाईसेन्स दिलाउन सफल भएका थिए ।

ढकालसँग हालसम्म आधा दर्जन वित्तीय संस्थामा संचालकको रुपमा रहेर काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद् समेत हुन् । हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्य समेत रहेका छन् ।
 
फोरमकाे सदस्यमा नियुक्त भएसँगै लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने ढकालले बताए । ‘५६ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेको सेयर बजार अहिले सिथिल छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोबन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।’ 

Advertisment

थप समाचार