Below Menu
Below Menu

नयाँ आर्थिक वर्षलाई सेयर बजारकाे स्वागत

नयाँ आर्थिक वर्षलाई सेयर बजारकाे स्वागत

काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले बढेकाे छ ।
 

सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भयाे । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।
 

साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२८ अंक, विकास बैंक १६१.३३ अंक, फाइनान्स ६९.५४, माइक्रोफाइनान्स ६१.३० अंकले वृद्धि भएको छ।
 

यस्तै आज होटेल तथा पर्यटन इन्डेक्स पनि १५४.२९ अंक, जलविद्युत समूह ३४.२०, लगानी समूह २८२.८६, जीवन बीमा समूह २८२.८६ अंक र निर्जीवन २६२.११ अंकले बढेको छ ।
आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार १९० कित्ता सेयर खरिदबिक्री भएको छ।

Advertisment

थप समाचार