काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत बिहिबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको १९ लाख ५३ हजार २७९ कित्ता शेयरमा आजसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले जारी पूँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हाजर ७६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४४ हजार ४१२ कित्ता शेयर सामुहिक लगानी कोष लागि छुट्याएको थियो छ । जसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको १ लाख ९८ हजार ८२४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको थियो ।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर छिटोमा साउन २२ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा साउन ३२ गते हुने बिक्रीमा रहने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment