काठमाडौं : स्नोम्यान वाइनरी प्रा.लि.ले ३७५ मि.लि. को ‘किङस हिल’ वाइन नेपाली बजारमा ल्याएको छ । कम्पनीले सोमबारबाट ३७५ मि.लि.को रेड/व्हाइट वाइन पनि बजारमा ल्याएको कम्पनीका अध्यक्ष बसन्तराज श्रेष्ठले जानकारी दिए ।
‘किङस हिल’ नेपाली बजारमा अत्याधिक रुचाईएको ब्राण्ड हो । अध्यक्ष श्रेष्ठका अनुसार हाल नेपाली बजारमा ४ लिटर र ७५० मि.लि.को रेडरव्हाइट उपलब्ध छन् ।
कम्पनीले नेपाली बजारमा तीन वटा ब्राण्डका वाइन उत्पादन गर्दै आएको छ । किङस हिल, अरोमा र चिफ गेष्ट ब्राण्ड स्नोम्यान वाइनरीका उत्पादन हुन् । यी तीन वटै ब्राण्ड नेपाली बजारमा अत्यधिक रुचाईएको श्रेष्ठको भनाई छ ।
कम्पनीले बजारमा ल्याएको ३७५ मिलिको बजार मुल्य ४५० रुपैयाँ तोकिएको छ । यस वाइनमा अल्कोहलको मात्रा १० प्रतिशत रहेको छ । कम्पनीले सर्वसुलभ मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय वाइन उत्पादन गर्दै आएको सञ्चालक पुजन श्रेष्ठले जानकारी दिए ।
यी तीन वटै ब्राण्डका वाइन सम्पूर्ण मोर्डन ट्रेड आउटलेटहरु भाटभटेनी, बिगमार्ट, केके मार्ट, विनायक लिकर, सेल्स वेरी लगायत काठमाडौंका प्रायः सबै सुपरमार्केट तथा अन्य लिकर सपहरुबाट बिक्री भइरहेको श्रेष्ठले बताए ।
त्यस्तै काठमाडौं उपत्यकाका ग्राहकले अनलाइनबाटै वाइन अर्डर गर्न सक्नेछन् । ग्यापु, चियर्स, सस्तो डिल, घ्याम्पे अनलाइनसँग सहकार्य गरी अनलाइन होम डेलिभरी सुविधा उपलब्ध गराइने कम्पानीले जनाएको छ ।
Advertisment