काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.५२ अंकले घटेर १९९०.५९ बिन्दुमा भएको थियो ।
आज कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज साेल्टी होटल्सको कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज तीन करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज लिवर्टी इनर्जी कम्पनी र सिटी होटल्सकोे शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
Advertisment