Below Menu
Below Menu

लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत 

लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत भएको छ । बुधबार नेप्सेले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सामुहिक लगानी योजना अन्तर्गतको उक्त फण्ड सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको प्रति इकाईमूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि ८ करोड इकाई सूचीकृत भएको हो । दोस्रो बजारका लागि कम्पनीको सिम्बोल एलभिएफटु कायम गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि लक्ष्मी क्यापिटल मार्फत ८ करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । उक्त धितोपत्र आइतबारदेखि कारोबारमा आउनेछ । 

Advertisment