काठमाडौं : काठमाडौं महानगरपालिकाले गुणस्तरहिन वस्तु बेचेको भन्दै वरुण वेभरेज कम्पनीलाई २ लाख रुपैयाँ जरिवान तिराएको छ ।
महानगर पालिकाको बजार अनुगमन समितिले बजार अनुमगनको क्रममा सो कम्पनीले अखाद्य वस्तु र गुणस्तरहिन वस्तु बेचेको भन्दै सो बराबरको जरिवाना गरेको हो ।
यसका साथै उक्त जरिवाना रकम सात दिनभित्र एनआइसी एशिया बैंकमा बजार अनुगमनको राजस्व खातामा जम्मा गरेको भौचरको प्रति समेत समितिमा पेश गर्न महानगरले आदेश दिएको छ ।
यसैगरी अखाद्य वस्तु बजारमा जानुपूर्व फिर्ता लैजाने व्यवस्था गर्ने, प्याकिङ पछि रसायनिक र भौतिक दुवै रुपमा गुणस्तर कायम गर्ने, यस लटमा बजार गइसकेको गुणस्तरहिन उत्पादन भएको भए पुनः परीक्षण गर्न समेत समितिले निर्देशन दिएको छ ।
Advertisment