काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.४६ अंकले घटेर १९०७.७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा पनि सामान्य आएको छ । आज बजारमा एक अर्ब २८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब १७ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा अपर लोहोरे खोला हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाकम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य चार प्रतिशत भन्दा बढीले बढेको हो । आज बाराही हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment