Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार 

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बुधबार (आज) शेयर बजार दोहारो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा पनि सामान्य सुधार आएको छ । आज बजारमा एक अर्ब ७० करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लक्ष्मी सनराइज बैंकको लिमिटेड प्रमोटर शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेष्मेन्ट कम्पनी, एन आईबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी  कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिटि होटल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार