Below Menu
Below Menu

मित्र मिलन सहकारीको ‘केस’ प्रहरीले हेर्ने

मित्र मिलन सहकारीको ‘केस’ प्रहरीले हेर्ने

कास्की : पोखरा- ९, स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था बारे आवश्यक छानविन तथा कारबाही गर्न प्रदेश रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालय सिफारिस गरेको छ ।

गण्डकी प्रदेश सरकार, सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार ईश्वरी ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्दै आवश्यक छानविन गरी कारबाही प्रकृया अगाडी बढाउन सिफारिस गरेको हो ।

३४ जना सदस्यले कात्र्तिक १२ गते संस्थाले बचत फिर्ता नगरेको भन्दै रजिष्ट्रार कार्यालयमा उजुरी दिएका थिए । कार्यालयले सोही दिन नै प्रहरी समक्ष कारबाहीको लागि पत्राचार गरेको हो ।

संस्थाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्यलाई दिएको चेक नसाटिएपछि चेक बाउन्समा कात्र्तिक ४ गते पक्राउ परेका छन् ।

Advertisment