चितवन : भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा आइतबार श्री कैलाशनगर मा बि मा सम्पन्न भएको हो ।
उक्त सभा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड नं ५, का वार्ड अध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, तथा भरतपुर महानगर पालिका वार्ड नं १५, का वार्ड अध्यक्ष श्रीकृष्ण देवकोटाको विशिष्ठ आतिथ्यता र स्थानिय विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि युद्ध प्रसाद श्रेष्ठले हाल सहकारीमा देखिएको समस्या मुख्य रुपमा सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताए । र यो सहकारी भने समुदायमा आधारित रहेकाले लगानी ,बचत सुरक्षित रहेको प्रस्ट पारे ।
नेपालको संविधानले नेपालको आर्थिक सम्वृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरि राष्टिय पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताए ।
साधारण सभामा संस्थाका सचिव रामकृष्ण पौडेलले संस्थाको गत आव २०७९र०८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
समुदायमा आधारित भै सञ्चालनमा रहेको नवदुर्गा भवानी साकोसमा गत आव २०७९र०८० को अन्त्य सम्ममा जम्मा १६५० सेयर सदस्य रहेको छ भने रू ११ करोडको कुल पुँजी रहेको छ । यस सस्था लाइ र ब्यबस्थापक दुबैलाई चितवन बचत तथा ऋण सहकारीले चितवनको १० करोड सम्म पूँजीभएको संस्थामध्ये सर्वोस्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० बाट प्रथम पुरस्कृत गरेको थियो ।
सोहि दिन ने रे सो उपशाखा नारायणपुर सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम पनि समापन भएको थियो भने उक्त कार्यक्रममा रक्तादाताको उल्लेखनीय उपस्थिथि समेत रहेको थियो
Advertisment