Below Menu
Below Menu

ठगिएको प्रमाणसहित उपस्थित हुन देउराली सहकारीका बचतकर्तालाई सिआईबीको अनुरोध 

ठगिएको प्रमाणसहित उपस्थित हुन देउराली सहकारीका बचतकर्तालाई सिआईबीको अनुरोध 

काठमाडौं : देउराली बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा बचतकर्ताहरुको रकम हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु विरुद्ध प्रमाणसहित रितपुर्वकको जाहेरी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुरोध गरेको हो ।

बचतकर्ताहरुको रकम हिनामिना गर्ने सहकरीका अध्यक्षसहितका पदाधिकारी माथि मुद्दा दर्ता गरी सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सहकारीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सेवाकेन्द्रमा बचत गरेमा सदस्यहरुको बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी रकम फिर्ता गर्न नसकेको ब्युरोले जनाएको छ ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै बचतकर्ताहरुले ब्युरोमा जाहेरी दरखास्त पेश गरेको जनाएको छ । ब्यूरोले जाहेरि दिन व्यूरोको ०१–४५११७७६ नम्बर फोनमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Advertisment

थप समाचार