Below Menu

रिलायबल नेपाल लाइफद्वारा एक करोड दुई लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्वारा एक करोड दुई लाख दाबी भुक्तानी

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले बैंशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएको प्रदिप ज्ञवालीको मूत्यु दावी भुक्तानी गरेको हो । 

बीमित ज्ञवालीले २०७८ कात्तिक २९ गतदेखि ५० लाख बराबरको बिमालेख खरीद गरेका थिए । रिलायबल नेपाल लाइफले सोमबार मृतकी आमा टिका कुमारी घिमिरेलाई एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो । 

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट   नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।


                        
 

थप समाचार