Below Menu
Below Menu

सपोर्ट लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

सपोर्ट लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुन आउने एक करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ दशमलव ४२ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

Advertisment

थप समाचार