Below Menu
Below Menu

बीमाका नाममा व्यवसाय गर्ने गिरोह बढे: प्राधिकरण 

बीमाका नाममा व्यवसाय गर्ने गिरोह बढे: प्राधिकरण 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमाका नाममा ठगी गर्नेहरु सक्रिय हुन थालेको जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कानुन विपरित बीमक बाहेकका संगठित संस्थाहरुले बीमा व्यवसायसँग संगठित कारोबार गर्ने गरेको जनाएको हो ।

बीमा ऐन २०७९ अनुसार प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोष जस्ता जुनसुकै शव्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनैपनि कारोवार, व्यवसाय, उद्योग वा व्यापार गर्न र गराउने नपाइने व्यवस्था छ ।

बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोवार गर्न नहुने कानूनी व्यवस्था भए पनि उल्लिखित कानूनी प्रावधान विपरित हुनेगरी बीमक बाहेकका संगठित संस्थाहरुले बीमा व्यवसाय संग सम्बन्धित कारोवारहरु गरेका देखिएको प्राधिकरणले जनाएको छ ।

उक्त कार्य गर्नेलाई ऐनको दफा १४० को उपदफा (१) को खण्ड (क) बमोजिमको बीमा कसूर मानिने र दफा १४१को उपदफा (१) बमोजिम दण्ड जरिवाना व्यवस्था छ । 

कसैलेपनि बीमा व्यवसाय सम्बन्धी कारोवार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमाकोष जस्ता शब्दहरु प्रयोग नगर्न समेत प्राधिकरणले भनेको छ ।

प्राधिकरणबाट इजाजतप्राप्त बीमक बाहेक अन्य कुनै कम्पनी फर्म वा संस्थासँग बीमा सम्बन्धी कारोवार वा बीमा व्यवसाय नगर्न नगराउन समेत प्राधिरकरणले जनाएको छ ।
 

Advertisment

थप समाचार