Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफको नाफामा उछाल, कुल बीमाशुल्क डेढ अर्बमाथि 

सानिमा रिलायन्स लाइफको नाफामा उछाल, कुल बीमाशुल्क डेढ अर्बमाथि 

काठमाडौं : सानिमा रिलायन्स लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२८.३८ प्रतिशतले बढी हो । जबकी गत आवको पहिलो त्रैमाससम्म इन्स्योरेन्सले चार करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफामा उछाल देखिएको छ ।

असोज मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसँगै खुद नाफा बढ्न पुगेको हो । गत आवको सोही अवधिमा ५८ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा एक अर्ब ५१ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६०.१६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेका कारण नाफामा सुधार आएको हो । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १३ करोड ५७ लाखबाट बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको दावी भुक्तानी पनि २५२.२५ प्रतिशतले बढेको छ । यस अवधिमा इन्स्योरेन्सको कुल दावी भुक्तानी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत वर्ष १५ करोड २८ लाख रुपैयाँ थियो ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको सोही अवधिमा १६ रुपैयाँ ७१ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ८९ पैसा बढेर १० रुपैयाँ ६ पैसा पुगेको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७६पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८२ करोड ४६ लाख रुपैयाँ र जीवन बिमा कोषमा ११ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार