Below Menu
Below Menu

नाफासँगै घट्यो महिला लघुवित्तको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो महिला लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले एक करोड ८ लाख रुपैयाँ खुसद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३१.९९ प्रतिशतले कम हो । जबकी गत वर्ष संस्थाले एक करोड ५९ लखना रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा र ब्याज आम्दानी दुबै घटेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी घटेसँगै खराब कर्जा बढेका कारण नाफा घटेको हो । गत वर्ष सात करोड ७५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष सात करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा यस्तो आम्दानी ७.८७ प्रतिशतले कम हो ।

त्यस्तै यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी २१.०९ प्रतिशत बढेको छ । त्यसैगरी कुल सञ्चालन आम्दानी १.९९ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ३१.९९ प्रतिशत घटेको छ ।

गत वर्ष २.७७ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा बढेर ४.९२ प्रतिशत पुगेको छ । लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ जसले गर्दा सञ्चालन मुनाफा र खुद नाफा दुबै प्रभावित भएको हो ।

असोज मसानत्सम्म आइपुग्दा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको इपीएस २३ रुपैयाँ ३८ पैसा घटेर २० रुपैयाँ १ पैसामा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ७० पैसा रहेको छ ।
 

Advertisment

थप समाचार