काठमाडौं : सोल्टी होटल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन कमलादीमा बिहान साढे १० बजेदेखि हुनेछ । शुक्रबार बसेको होटलको सञ्चालक समितिको बैठकले होटलको ४९ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सो सभाले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र होटलको साधारण सभामा सहभागिता हुन र होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
Advertisment