Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, एक अर्ब नाघ्यो कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, एक अर्ब नाघ्यो कारोबार 

काठमाडौं : तिहार पछिको पहिलो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ११.८५ अंकले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा एक अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैक रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । 
 

Advertisment

थप समाचार