Below Menu
Below Menu

देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध

देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध

काठमाडौं : सहकारी अभियान्ता माधवलाल देवकोटाको सडक दुर्घटनामा परी निधन भएको छ । देवकोटा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ उनीसहित २ जनाको निधन भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा तिलोत्तमा नगरपालिका शंकरनगर निवासी देवकोटा र सोही नगरपालिका वडा नं २ जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । 

सहकारीले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्र जाने क्रममा देवकोटा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । सहकारी अभियन्ता देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध बनेको छ ।

Advertisment

थप समाचार