काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्ममा संस्थाले २ करोड ८३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आवको सोही अवधिमा ३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले असोज मसान्तसम्म आइपुग्दा ब्याज आम्दानी घटेका कारण नोक्सानी व्यहोरेको हो । साथै खुद फि तथा कमिशन आम्दानी र कुल सञ्चालन नाफा घटेका कारढा पनि लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो ।
असोज मसान्तसम्म आइपसग्दा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५८.६९ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ प्रतिशत घटेको छ । यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । यस अवधिमा लघुवित्त इपीएस ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९.६ प्रतिशत रहेको छ ।
Advertisment