काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा मेन्छीयाम हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको हो । त्यस्तै आज माथिल्लो मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
Advertisment