Below Menu
Below Menu

मर्जर र लाभांश वितरण प्रस्तावसहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा

मर्जर र लाभांश वितरण प्रस्तावसहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं : स्वावलम्बन लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण र मर्जरसम्बन्धि प्रस्तावस पुस ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा सो दिन बिहान अम्र्रपाली ब्याङक्वेट क्याटरिङ एण्ड इभेन्टुस् बालुवाटारमा  विहान ११ बजे हुनेछ । सो सभाले संस्थाले वितरण गर्न लागेको हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

यसका साथै सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ । एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

साधारणसभा प्रयोजनको लागि लघुवित्तले मंसिर २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार  मंसिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।


 

Advertisment

थप समाचार