काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब एक करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज छ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment