काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब एक करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रमोटरको शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा रुरु जलविद्युत परियोजना रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले बढेको हो । त्यस्तै आज विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्म सर्किट लागेको छ ।
Advertisment