Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने  

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने  

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओ आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।

इन्स्योरेन्सले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउन ३० लाख कित्ता आईपीओ प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउन लागेको हो । 

यसका साथै कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता छुट्याएको छ ।

कम्पनीको उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार