साना किसान विकास र उपकार लघुवित्तद्वारा लाभांश घोषणा 

साना किसान विकास र उपकार लघुवित्तद्वारा लाभांश घोषणा 

काठमाडौं : दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । साना किसान विकास लघुवित्त र उपकार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् ।

साना किसान विकास लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि  ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। संस्थाको मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् । 

त्यस्तै उपकार लघुव्त्रि वित्तीय संस्थाले यस वर्ष लाभाशं नदिने भएको छ । बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो। 


 

थप समाचार