आईसीएफसी फाइनान्सले ६.५० प्रतिशत नगद लाभांश दिने 

आईसीएफसी फाइनान्सले ६.५० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।  मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

थप समाचार