Below Menu
Below Menu

मौद्रिक नीतिको समिक्षाले उचालियो नेप्से, डेढ घण्टामा तिन पटक सर्किट ब्रेक 

मौद्रिक नीतिको समिक्षाले उचालियो नेप्से, डेढ घण्टामा तिन पटक सर्किट ब्रेक 

काठमाडौं : मौद्रिक नीतिको पहिलो समिक्षापछि शेयर बजारमा उछाल आएको छ । आइतबार कारोबार खुलेको डेढ घण्टामा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढीले बढेको हो ।

यस अवधिमा शेयरबजार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा पुगेको छ । त्यस्तै २२७ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएको यस समयमा बजार तिन पटक सर्किट ब्रेक भएर कारोबार समेत बन्द भएकाे छ ।

शेयर बजार बढेपनि कारोबार रकम भने बढेको छैन । ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । धेरैजसो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

मौद्रिक नीतिको समिक्षा माफर्त राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।

समिक्षा मार्फत राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ ।

यस्तै, नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाई पाँच दशमलब पाँच प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट घटाई तीन प्रतिशत कायम गरिएको छ । यसैगरी अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
 

Advertisment

थप समाचार