Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, चार अर्ब ३० करोडको कारोबार

उच्च अंकले बढ्यो शेयर बजार, चार अर्ब ३० करोडको कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा चार अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो । आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेको छ ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोडलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेका छन् । त्यस्तै आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार