Below Menu
Below Menu

सिजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ 

सिजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ 

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न सिजेएनको १३ औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा श्रेष्ठसहित ७ सदस्यीय निर्वाचित भएका हुन् । 

दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका श्रेष्ठ सहकारी खबरका सम्पादक हुन् । त्यस्तै उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सह सम्पादक सन्तोष रोकाया, सह–सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन भएका छन् ।

त्यसैगरी, सदस्यमा बाह्रखरी डटकमका बलराम बुढाथोकी र अर्थबजार डटकमकी नमिता दुलाल निर्वाचित भएका छन् । 
 

Advertisment

थप समाचार