Below Menu
Below Menu

२१ सय बिन्दुमा नेप्से, झण्डै ६ अर्बको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक 

२१ सय बिन्दुमा नेप्से, झण्डै ६ अर्बको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३८.१४ अंकले बढेर २०६०.४९ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५३कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ ।  आज बजारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, उन्नति सहकार्य लघुवित्त, शिवमु सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाइथवे इन्भेष्मेन्ट नेपाल, मिड सोल हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

बिपिडब्लु लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, ग्लोबल आईएमई ब्यालेन्स फण्ड, तारागाउँ रिजेन्सी होटल, सन नेपाल लाइफ इन्स्योरेन्स,हिमालयन पावर पार्टनर र ओरियन्टल होटलको शेयरमूल्य पनि सर्किट लृभलमा पुगेको छ । 

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment