Below Menu

सरकारको कुल लगानी साढे नौ खर्ब नाघ्यो, लाभांशबाट तीन अर्ब २१ करोड आम्दानी

सरकारको कुल लगानी साढे नौ खर्ब नाघ्यो, लाभांशबाट तीन अर्ब २१ करोड आम्दानी

काठमाडौं : सरकारको लगानी साढे नौ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत असार मसान्तसम्मको प्रतिवेदन अनुसार सरकारको कुल लगानी ९ खर्ब ७६ अर्ब १८ करोड ९१ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।

Sponsored Advertisement

जसमध्ये शेयर लगानीतर्फ चार खर्ब १३ अर्ब ८८ करोड ४७ लाख ३३ हजार रुपैयाँ लगानी भएको छ भने ऋण लगानीतर्फ ५ खर्ब ६२ अर्ब ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ लगानी रहेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लगानीबाट कुल तीन अर्ब ३७ करोड ६६ लाख ५७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन प्रतिफलको ठूलो हिस्सा लाभांशबाट प्राप्त भएको पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस्तो लाभांशबाट प्राप्त आम्दानी तीन अर्ब २१ करोड चार लाख १५ हजार रुपैयाँ बराबर रहेको छ ।

समीक्षा अवधिमा सरकारले लगानीको साँवा फिर्तातर्फ १६ करोड ६२ लाख ४२ हजार रुपैयाँ प्राप्त गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

यद्यपि, सरकारी लगानी सार्वजनिक संस्थानहरूबाट सबै खाले आम्दानी तथा खर्चको विवरण प्राप्त भइनसकेको जनाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले संस्थानहरूबाट सोझै भुक्तानी तथा राजस्व दाखिला भौचर उपलब्ध भएपछि अन्तिम खर्च तथा प्राप्ति समायोजन गरिने जानकारी दिएको छ ।
 

थप समाचार