Below Menu
Below Menu

चाडपर्वका नाममा अनावश्यक ड्रेस किनाउने विद्यालयलाई महानगरले कारबाही गर्ने 

चाडपर्वका नाममा अनावश्यक ड्रेस किनाउने विद्यालयलाई महानगरले कारबाही गर्ने 

काठमाडौं : काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा अनावश्यक ड्रेस किनाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाभित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको गुनासो आउने गरेको महानगरले जनाएको छ ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरेको छ ।

 

यदि कोही कसैले यस परिपत्र विपरीत कार्य गर्ने विद्यालयलाई काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । 
 

Advertisment

थप समाचार