Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार साधारणसभा बोलाएको हो । 

उक्त सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनु्सार माघ २४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार