Below Menu

उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक पौडेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक पौडेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसनधान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

Sponsored Advertisement

आयोगले तत्कालिन महाप्रबन्धक पौडेल सहित, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर गरेको हो ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसमेतले भेरायबल फ्रिक्वेन्सी ड्राइभ (भिडिएफ) खरिदमा अनियमिता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुले बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको आयोगको ठहर छ । 

यसका साथै सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये १०० किलोवाटको भीएफडी प्यानल पार्ट–ऐ उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको आयोगको आरोप छ ।

आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त एक सय किलोवाटको २२ लाख ७८ हजार ३०५ दशमलव ६० रूपैयाँ साठी पैसा बराबरको रकम अनियमिताता गरेको आयोगले जनाएको छ । 

उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को अनुसार सोही रकम बराबरको  कायम गरी सजायको मागदावी गर्दै आयोगले बुधबार विशेष अदालत पाटनमा मुद्दा दायर गरेको हा ।

तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेललाई भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुने आयोगले जनाएको छ । 

थप समाचार