काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा मिड सोलु हाइड्रोपावर कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज चन्द्रागिरी शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment