Below Menu

राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर भट्टराईसहित दुई जना विरुद्ध मुद्दा दायर 

राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर भट्टराईसहित दुई जना विरुद्ध मुद्दा दायर 

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसमेत दुई जना विरुद्ध मुद्दा दायर गरेको हो । 

Sponsored Advertisement

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले राहदानी बनाइदिने भनी सेवाग्राहीहरुसँग ३४ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।

प्रतिवादी सुमी धामी भन्ने सुमित्रा सापकोटाले सोही कार्यमा भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेको समेत पाइएको आयोगको भनाई छ ।

उनीहरु विरुद्ध जनही ३४ हजार रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गर्दै आयोगले आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 
 

थप समाचार