Below Menu
Below Menu

छ महिनामा एक खर्ब ३६ अर्बको लगानी प्रतिवद्धता !

छ महिनामा एक खर्ब ३६ अर्बको लगानी प्रतिवद्धता !

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म विभिन्न उद्योगका लागि करिब सवा एक खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार यस अवधिमा २११ उद्योगका लागि एक खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो । पुस महिनामा मात्र ३२ उद्योगका लागि १२ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ । 

विभागका अनुसार यस अवधिमा २८ वटा ठूला उद्योग दर्ता भएका छन् भने १६ वटा मझौला र १६७ वटा साना उद्योग दर्ता भएका छ् । 

दर्ता भएका उद्योगले १३ हजार ६७० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विभागका अनुसार पुस मसान्तसम्ममा विदेशी लगानीकर्ताले २२६ वटा उद्योगमा २२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

सरकारले चालु आवमा ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रुयाउनृे लक्ष्य लिएको छ । जसमा पुस महिनामा मात्र एक अर्ब ७३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । दर्ता भएका उद्योगमा १२ हजार १६७ जनालाई रोजगारी सिर्जना गरिने विभागले जनाएको छ । 

यस अवधिमा १ वटा प्याटेन्ट र ७ वटा डिजाइन दर्ता भएका छन् । साथै, २५ सय ३८ वटा ट्रेडमार्क दर्ता भएका छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) संख्या १५ रहेको छ भने ट्रेडमार्क सम्बन्धी कारबाही संख्या १९ रहेको छ । 
 

Advertisment

थप समाचार