Below Menu
Below Menu

नेपाल वेयरहाउजिङ्ग ९ करोड बढी नोक्सानीमा, इपीएस पनि ऋणात्मक 

नेपाल वेयरहाउजिङ्ग ९ करोड बढी नोक्सानीमा, इपीएस पनि ऋणात्मक 

काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

कम्पनीको नोक्सानी गत आवको सोही अवधिको तुलनामा बढेको छ । गत वर्षको पुससम्ममा कम्पनीको नोक्सानी २ करोड ९९ लाख रुपैयाँ थियो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी बढेपनि खर्च उल्लेख्य रुपमा बढेका कारण नोक्सानी बढ्न पुगेको हो ।

यस अवधिमा कम्पनीको कुल आम्दानी १०३.८५ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी १४५ प्रतिशत बढेको छ । पुस मसान्तसम्म कम्पनीको कुल खर्च १२२.९१ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६५८.९२ प्रतिशत बढेको छ । 

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ ।

Advertisment

थप समाचार