काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा वडा अध्यक्ष नृपेश बादे विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बादे मुद्दा दायर गरेको हो ।
आयोगले बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बादेलाई घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा गत माघ ३ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा उनले सेवाग्राहीसँग घुस÷रिसवत लिएको पुष्टि भएको आयोगको भनाई छ । उनी विरुद्ध सोही रकम बराबरको बिगो कायम गरी जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार बिशेष अदालत काठमाडौंमा आयोगले आरोपपत्र दायर गरेको हो ।