Below Menu
Below Menu

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला-वान हाइड्रोपावर लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला-वान हाइड्रोपावर लगानी गर्ने

काठमाडौं : एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ)ले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने भएको छ । क्यापिटलले लगानीसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको हो ।

सम्झौता पत्रमा एलएस क्यापिटलका अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला वान हाइड्रोपावरको अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् । एलएसईएफ लक्ष्मी सनराइज क्यापिटको पहिलो प्राइभेट इक्विटी कोष हो । यो कोषको आकार १ अर्ब रुपैयाँको रहनेछ । एलएस क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो ।

कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ । पुवा खोला वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट छ ।

Advertisment

थप समाचार