Below Menu
Below Menu

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला हुँदै, ७५ प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला हुँदै, ७५ प्रतिशतसम्म छुट

काठमाडौं : भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा हुन लागेको हो ।
जुत्ता–चप्पल मेला फागुन ९ गतेदेखि शुरु हुनेछ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न  ब्राण्ड का झण्डै एक हजार  भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् ।

एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए ।

मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ ।

नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग,  ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, ऋयmाथ लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता हुनेछ ।
 

Advertisment

थप समाचार